४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा झरेको छ ।

यस दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ७६ करोड ५ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख ८१ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४८ करोड ५४ लाख ८३ हजार रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४७ करोड १५ लाख ४१ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ६९ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : May 5, 2025 at 3:26 pm