एमाले संसदीय दलको बैठकमा गैर सांसद रिमाल र खतिवडा मञ्जमा
२० वैशाख, काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको संसदीय दलको बैठकमा गैर सांसद पार्टी उपमहासचिव विष्णु रिमाल र नेता युवराज खतिवडा पनि सहभागी हुनुभएको छ । मन्त्रीसरहको सुबिधा प्राप्त गर्नेगरी रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार हुनुहुन्छ भने खतिवडा आर्थिक विकास सल्लाहकार हुनुहुन्छ ।

सामान्यतया संसदीय दलको बैठकमा सांसदहरू मात्र सहभागी हुने भए पनि नीति तथा कार्यक्रमको बारेमा थप सम्बोधनका लागि उहाँहरूलाई बैठकमा सहभागी गराइएको हो । बैठकमा रिमाल र खतिवडासँगै एमाले उपाध्यक्ष समेत रहुनभएको अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति : 19:11







