२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

सांसद राईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

१९ वैशाख, काठमाडौं । कांग्रेस सांसद माया राईलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। गत शनिबार कपनस्थित निवासबाटै पक्राउ परेकी राईलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार म्याद थपका लागि राईलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो। यसअघि आइतबार अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोप छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १८:३५