युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने, यस्तो छ नीति तथा कार्यक्रमको (पूर्णपाठ)
१९ वैशाख, काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिने उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रममा युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुदसमेत सञ्चालन गरिने उल्लेख छ ।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १७:४४









