११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

तेस्रो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

१७ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन  सेयर बजारमा गिरावट आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले  यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेको छ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबार ७ अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ७९ हजार ७७७ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँबराबरको २ करोड ४६ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । यस दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको हो । यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : April 30, 2025 at 3:32 pm