२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा घोषणा सभा स्थगित भएको छ । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि प्रज्ञाप्रतिष्ठानमा आयोजना भएको एकता कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १३:५८