३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

कहिलेसम्म कायम सेयरधनीहरुले पाउछन् राप्ती हाइड्रोकाे हकप्रद सेयर भर्न ?

२६ वैशाख, काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको आज बसेको बैठकले हकप्रद सेयर जारी गर्न जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ०० रुपैयाँ अंकित दरका ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको कुल ६१ लाख २७ हजार ९८३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित मिति : May 9, 2025 at 3:21 pm