३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२६ वैशाख, काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १०:५२