३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

दुई कम्पनीले हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट पाए अनुमति, कुनको कति ?

२६ वैशाख, काठमाडौं ।  दुई कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । एशियन लाइफ इन्स्योरेन्स र राप्ति हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् ।

एशियन लाइफले ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, राप्ति हाईड्रोलाई शतप्रतिशत अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डले स्वीकृती दिएको हो ।कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १४:३१