श्रीमतिले बालुवाटारको सत्तारूढ पार्टीको बैठक बहिष्कार गरेको केहीबेरमै रेशम चाैधरी पक्राउ
१७ वैशाख, काठमाडौँ । नागरिक उन्मुक्ती पार्टीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सत्तारूढ दलको बैठक बहिष्कार गरेको केही घण्टामै सो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सत्तारूढ पार्टीको बैठक नागरिक उन्मुक्ति, जसपा नेपाल र जनमत पार्टीले बहिष्कार गरेका थिए । बैठकमा सहभागी हुने गरेको रेशमको कान्छी श्रीमति रञ्जिताले बुधबारको सत्तारूढ दलको बैठक बहिष्कार गरेकी थिइन ।
बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष डा। सिके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी हुने गरेका थिए । तर बुधबारको बैठकमा गएका थिएनन् । जनमत र नाउपाबीच पार्टी एकता घोषणा कार्यक्रम भएकाले ती दलका नेता बालुवाटार बैठकमा अनुपस्थित रहेको दाबी गरे पनि रेशम चौधरीको पक्राउले यसमा शंका जन्माएको छ ।

चौधरीलाई सादा पोशाकका प्रहरीले पार्टी एकता घोषणा गर्नका लागि आयोजना गरिएको कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ । रेशमका भाइ मीठूलाल चौधरीले पक्राउको पुष्टि गर्दै अहिले डिल्लीबजार लगिएको जानकारी दिए । उनले आफूहरू पनि अहिले कारागारमा रहेको बताए । के का लागि चौधरी पक्राउ परे भन्नेबारेमा प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।
(यसअघि शीर्षकमा श्रीमति हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ -सम्पादक)
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १३:२४