२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने सुजनकुमार पक्राउ

१७ वैशाख, काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी  सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रु २४ लाख लिई माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रकाशित मिति : April 30, 2025 at 10:11 am