२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्ः सांसद थिङ

१६ वैशाख , काठमाडौँ । सांसद सुशीला थिङले शिक्षक आन्दोलनप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गर्नुभएकाे छ । प्रतिनिधि सभाको मंगलबारको  बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै सांसद थिङले शिक्षक आन्दोलनप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले यही वैशाख १४ गते आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा र लट्ठी प्रहार गरेको घटनाको आलोचना गर्नुभयो ।

“शिक्षकहरूमाथि अन्याय भएको छ । सरकार अभिभावक हो, उनीहरुका समस्या समाधानमा केन्द्रित हुन जरुरी छ”, सांसद थिङले भन्नुभयो । नयाँ शिक्षा ऐन नबन्दासम्म विद्यालय नफर्कने अडान त्याग्न उहाँले शिक्षकहरुलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १४:४७