गृहले गर्यो तीन जिल्लाका सीडीओ सरुवा
१६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर तथा पदस्थापना गरेको छ । गृह मन्त्रालयमा रहनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पदस्थापन गरेको छ ।
यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । यसैगरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको छ । गृहबाट बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार ११:३३