११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सामान्य अंकले बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार

१४ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन नेपाल माइक्रोको शेयर प्रतिकित्ता ९४ रुपैयाँ ७० पैसा बढेर १ हजार ४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : April 27, 2025 at 3:33 pm