संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा हुनुहुन्छ भने सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा हुनुहुन् ।
प्रकाशित मिति : April 25, 2025 at 11:59 am









