२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीले भोलि संसद बैठकमा सम्बोधन गर्ने

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शुक्रबार संसदमा सम्बोधन गर्ने हुनुभएको छ । शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ। अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई धानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हाे ।

शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । ओलीले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुने बर्तौलाले बताउनुभयो ।

प्रकाशित मिति : 14:25