१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

११ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन  बुधबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य आज ४५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : April 24, 2025 at 11:05 am