२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

९ वैशाख, काठमाडाैं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टकाे इकाई खरिदका लागि आवेदन दिने आज वैशाख ९ गते मंगलबार अन्तिम दिन रहेको छ । क्यापिटलले वैशाख ३ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हाे ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 22, 2025 at 11:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/