१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेपाल ल क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी

८ वैशाख, काठमाडाैँ । नेपाल ल क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी हुनुभएको छ ।  उहाँले ११७ मतले नेविसंघका मोहम्मद प्रबेजलाई पराजित गर्नुभयो । यहाँ अनेरास्ववियु अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए ।

सचिवमा भने नेविसंघका मनमोहन भट्टले ८ मतको अन्तरले जित हात पार्नुभएको छ । उहाँले अखिल क्रान्तिकारीका ओम प्रकाश सुनारलाई पराजित गर्नुभयो । यस्तै कोषाध्यक्षमा पनि नेबिसंघको विदिसा मिश्र विजयी हुनुभएको छ । उहाँले आशुतोश कुमार गुप्तालाइ पराजित गर्नुभयो । सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट अध्यक्ष समिर रिजाल, सचिवमा ओम प्रकाश सुनार, कोषाध्यक्षमा आशुतोश कुमार गुप्ता, सदस्यमा प्रकाश तामाङ, सदस्यमा रसा पण्डित क्षेत्री, सदस्यमा विग्य कार्की, सदस्यमा कुशराज जोशी, सदस्यमा दिक्षान्त नेपाल, सदस्यमा निक्षा थापा, सदस्यमा अन्जली शाह र सदस्यमा जिवन बिस्ट उम्मेदवार रहनुभएको थियो ।

प्रकाशित मिति : April 21, 2025 at 9:33 pm