२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

८ वैशाख, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उहाँले राजीनामा पत्र बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।

प्रकाशित मिति : 17:50