कांग्रेसको कार्यबाहक सभापतिमा पूर्णबहादुर खड्का
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउनुभएको छ । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नुभएकोले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको पौडेलले बताउनुभयो ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १७:१९