राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदय बहादुर रानामगर
२७ वैशाख, ककनी । राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदय बहादुर रानामगर चयन हुनुभएको छ । शनिबार नुवाकोटको पर्यटकीय गाउँ ककनीमा भएको साधारणसभाले रानामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वारोध निर्वाचित गरेको हो । यसअघि रूद्रसिंह तामाङ अध्यक्ष हुनुहुन्थ्यो ।

साधारसभाबाट वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा र सहसचिवमा विनोद न्यौपाने चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक चयन हुनुभएको छ ।

यसअघि कार्यसमितिको उपाध्यक्षमा रहनुभएको कृष्ण पुडासैनी र सचिव रहनुभएको केशर पण्डित पदाधिकारीमा युवाको प्रतिनिधित्व गराउन भन्दै कार्यसमिति सदस्यमै बस्नुभएको छ ।
समाजले राष्ट्रसेवामा प्रवेश गरेका रूपा तामाङ, कृष्ण देवकोटा, रेशम तामाङ, रामचन्द्र कोइराला, डा सौरभ श्रेष्ठ, रामप्रसाद अधिकारी र सूर्यबहादुर तामाङलाई सम्मान गरेको छ ।
त्यस्तै बढुवा हुनुभएको जंगबहादुर अर्याल, डा मनोज केसी, पार्वती तामाङ, पारस पण्डित र राजु प्याकुरेललाई पनि सम्मान गरेको छ । यस्तै सेवा निवृत हुनुभएको वद्रीप्रसाद अर्याल, ज्ञानबहादुर अधिकारी, होमनाथ थपलिया र यादव गजुरेललाई पनि सम्मन गरेको छ ।

साधारणसभाले ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा डा केदारनरसिंह केसी, रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई, जंगबहादुर अर्याल रहुनभएको छ ।
सधारसभाको सभापतित्व समाजका अध्यक्ष्य रूद्रसिङ तमाङले गर्नुभएको थियो भने सचिव केशर पण्डितले संगठनिक प्रतिवेदन र कोषाध्यक्ष्य ज्ञान बहादुर अधिकारीले समाजको समाजको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार २१:१७