३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२८ वैशाख, काठमाडौं । नेपाली बजार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ ।  आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १०:५२