जेष्ठ नागरिकलाई एमालेको सम्मान
७ वैशाख, सुनसरी । नेकपा (एमाले) इनरुवा न.पा.–५ को वडा कमिटीले “नव बर्ष –२०८२ को शुभकामना आदानप्रदान तथा वडा(जरा) केन्द्रित अभियानको समापन गरेको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्यको प्रमुख आथित्य र वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १०५ वर्षिय कृष्ण माया देवी कोईराला लगायत ८० बर्ष भन्दा माथिका वडा भित्रका ६८ जना जेष्ठ नागरिकहरुलाई जरा अभियान अन्तरगत सम्मान गरियो ।
कार्यक्रमा बोल्दै आचार्यले “ यो सरकारले युवा लक्षित बजेट निर्माणमा ध्यान दिनुपर्छ जसले गर्दा वैदेशिक पलायन कम गर्न र देश भित्रै युवालाई रोजगारीको सृजना गर्न सहयोग पुग्ने बताउनु भयो । एमाले सधैंभरी जेष्ठ नागरिकहरुलाई सम्मान र सहयोग प्रदान गर्दै आईरहेको बताउदै यसलाई सधैंभरी निरन्तरता दिनु पर्ने बताउनु भयो ।”
अर्को प्रसंगमा आचार्यले, ईनरुवा–दुहबी सडक खण्ड ४ लेनको बनाउन, प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउन अत्यन्तै संबेदनसिल छौं । यसलाई म मुख्यमन्त्री हुँदै देखि डीजाईन स्टेनमेन्ट गरि ठेक्का लगाउन लागी परेका र प्रदेश सरकारलाई निरन्तर फलोअप गरी रहेको बताउनु भयो ।”
एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदीश कुशियतले “ईनरुवा–५ मा जरा केन्द्रित अभियान आफ्नो मुल उदेश्य पुरा गर्न सफल भएको महसुस भएको छ । नेपालको लोकतान्त्रिक ब्यबस्था मजबुत बनाउन हाम्रो पार्टी जनताको बीचमा निरन्तर लागि रहेको छ ।”
कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले “इनरुवा, बलाहा, सुनसरी शिक्षित जनसमुदायको बसोबास गर्ने स्थान तथा कम्युनिस्ट आन्दोलनको उर्वर भुमि रहेको र अभियानको सन्दर्भमा यहाँ काम गर्न पाउँदा आफुलाई अत्यन्तै गर्व महसुस भएको बताउनु भयो” । जरा (यो) अभियानमा सबै टोल कमिटीहरु, महत्त्वपूर्ण जनसंगठनहरुको निर्माण, संगठित सदस्यता सत प्रतिशत नविकरण, नयाँ सदस्यता उत्साहजनक बिस्तार भएको बताउनु भयो । अभियान को क्रममा बिकास निर्माण र विभिन्न जनसरोकारका बिषयमा बृहत छलफल र समाधानको प्रयत्न भई स्थानीय तहमा पार्टीको सवलीकरण र पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण गर्न यो अभियानको सफल भएको र अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण तहका नेतृत्व र जनसमुदायलाई विशेष धन्यवाद व्यक्त गर्नु भयो ।
अभियान २४ फागुन २०८१ मा अभिमुखीकरण र सदस्यता नविकरण गरी सुरु भएको थियोे । सोहि दिन ९२ वर्षिय जेष्ठ नागरिक भवानी प्रसाद पोखरेल लगायत अग्रज महानुभावले सदस्यता नविकरण गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य जगदीश कुसियत, जिल्ला का.वा अध्यक्ष पर्शुराम यादव, नगर अध्यक्ष प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा( एमाले) केन्द्रिय सदस्य एवम् सुनसरी इन्चार्ज जगदीश कुर्सियत, केन्द्रिय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, प्रदेश कमिटी सदस्यहरु नीरा खनाल, लोकेश निरौला, रामप्रसाद मेहेता, कालुराम गुरुङ, राज कुमार दङ्गाल, सुनसरी जिल्ला का.वा.अध्यक्ष पर्शुराम यादव सहित ईनरुवा नगर भित्रका नेकपा (एमाले) जिल्ला सदस्यहरु, विभिन्न जनसंगठनका नेताहरु, ईनरुवा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थित थियो ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०७:४५