११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओशियाना मिटमा रोमाञ्चक खेल प्रदर्शन गर्दै एन्का सेमिफाइनलमा, आइतवार सेमीफाईनल र फाईनल

अष्ट्रेलिया । शनिवार सम्पन्न क्वाटर फाईनलमा साउथ अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै ओशियाना नेपाली स्पोर्टस मिट, पर्थमा  सहभागी एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको एन्का किङ्सले वेस्टन अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने नेप्लिज क्रिकेट एशोशियसन अफ वेस्टन अष्ट्रेलियाको टिम  डव्लुए इगल्स माथी १०१ रनको सहज विजय हासिल गरेको छ ।

पहिले ब्याटिङ गर्दै एन्का किंग्सले ४ उइकेटको क्षतिमा २०८ रन बनाएको थियो । जसमा प्रमेश गिरीले ४४ वलमा ६ चौका, ९ छक्का गरि ९३ रन बनाएर प्लेर अफ द म्याच समेत भएका छन् ।

त्यसै गरी संजय खत्रीले २६ बलमा ४७ रन, कप्तान सुनाम गौतम ३४ बलमा ४१ रन बनाएका थिए । भने डव्लुए इगल्सले अल आउट हुदै १०७ रन मात्र बनाउन सफल भएको थियो ।

एन्काका बलहरु आशिष पोखरेल ३ विकेट, गोविन्द कार्की – २ विकेट र सुशन भारी – २ विकेट लिएका थिए ।

यो संगै आइतवार हुने सेमी फाइनलमा गत पाचौ ओशियाना खेलकुदको विजेता साउथ अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एशोशियसन र भिक्टोरियाको भिक्टोरिया नेप्लिज क्रिकेट एशशियसन विच र अर्को सेमिफाईनल कुईन्सल्याण्डको कुईन्सल्याण्ड क्रिकेट एशोशियसन र न्यु साउथ वेल्सको क्यापेला न्यु साउथ वेल्स बिच हुने भएको छ ।

प्रकाशित मिति : April 20, 2025 at 3:07 am