५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

ऐतिहासिक उचाईबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ।  बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य यस दिन भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ। बिहीबार  सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : April 18, 2025 at 10:50 am