सामान्य अंकले बढ्यो नेप्से, ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट
३ वैशाख, काठमाडाैं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
वित्त समूहको उपसूचक ०. ६७, होटल तथा पर्यटन समूह ०.१६, लगानी ०.३५, उत्पादन तथा प्रशोधन०.१६, लघुवित्त ०.०६ र अन्य समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी जलविद्युत् समूह १.६३ र विकास बैंक समूह १.११ प्रतिशतले बढेको छ । बैंकिङ ०.३९, जीवन बिमा ०.५, म्युचुअल फण्ड ०.३६, निर्जीवन बिमा ०.५५ र व्यापार समूह ०.११ प्रतिशतले बढेको छ । बुधबार ५ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी विद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ।
प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १५:३४