२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यबाहक प्रवक्ता मनिष झाकाले बताउनुभयो ।

 

प्रकाशित मिति : 14:23