राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान
३ वैशाख, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।
मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १३:२५