पियोर इनर्जीको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट
२ वैशाख, काठमाडौं। पियोर इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा १९.०२ गुणा बढी आवेदन हो ।
कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।
प्रकाशित मिति : April 15, 2025 at 5:39 pm









