५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमालेले पार्टी स्थापना दिवस भव्य रूपले मनाउने, ७ जना नेतालाई सम्मान गर्ने

१ वैशाख, काठमाडौँ । नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने भएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ भव्य रूपले मनाउने सचिवालय बैठकले निर्णय गरेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा, ऊर्जा र सङ्कल्पका साथ अगाडि बढाउने सङ्कल्प गर्ने बताउँदै भन्नुभयाे, ‘यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुहुने विशिष्ट योद्धाहरूलाई कम्युनिष्ट योद्धाको हिसाबले सम्मान गर्छौँ।’

सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) रहनुभएकाे छ । जाजरकोटका न्यौपानेको भने मृत्यु भइसकेकाले मरणोपरान्त सम्मान गर्न लागिएको हाे ।

प्रकाशित मिति : April 14, 2025 at 5:52 pm