५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

गोदावरी स्टिलले आईपीओ निष्कासन गर्ने

३१ चैत, काठमाडौं । गोदावरी स्टिल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजे १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको

उक्त सभामा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, मूल्य निर्धारण तथा प्राप्त रकमको उपयोग बारे निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेलगायतका प्रस्ताव  पारि गरिनेछ ।

प्रकाशित मिति : April 13, 2025 at 9:52 am