५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री

२९ चैत, भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज प्रदर्शन निरीक्षण गर्नुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता हो भन्नुभयो । उहाँले राष्ट्रिय सुरक्षाका साथै विपद जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको सह्राहना गर्नुभयो । कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : April 11, 2025 at 1:15 pm