कतिमा भयो क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?
२८ चैत, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। बिहीबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको सेयर कारोबार भएको हो।
प्रकाशित मिति : April 10, 2025 at 10:54 am









