१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राष्ट्र बैंकले आज चार अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै

२३ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार ०७:४६