२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कोशी पर्यटन वर्ष अरु प्रदेशका लागि पनि मार्गदर्शन बन्नुपर्छः उपप्रधानमन्त्री सिंह

२७ चैत, तेह्रथुम । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई समबाधेन गर्दै उहाँले साँस्कृति विधिता, साहसिक खेल पर्यटन लगायतका प्रचूर सम्भावना रहेको भन्दै कोशी प्रदेश पर्यटन वर्ष सिंगै देशको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत र चीन दुवै छिमेकी देशसँग जोडिएको कोशी प्रदेश पर्यटकीय सम्भावनाको हिसावले अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको भनदै पर्यटन वर्ष सफलताको शुभकामना पनि दिनुभयो ।

‘कोशी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको प्रदेश हो । विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हेर्न लायकको प्रदेश हो । तपाईँहरुले पर्यटन वर्ष मनाउँदा प्रदेशको साँस्कृतिक विधिता झल्काउने, साहसिक खेलकूदका गतिविधि गर्न लाग्नुभएको छ । नेपालको मात्र नभई विश्कै लागि साहसी खेलकूदका खेलाडी र यसमा चासो राख्नेका लागि महत्वपूर्ण थलो हुने विश्वास लिएको छु,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोशी प्रदेशको मात्र होइन देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउन यसले पर्याप्त मात्रमा टेवा पुर्याउने र योगदान गर्ने विश्वास लिएको छु ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले २८ प्रकारको लालिगुराँस एकै ठाउँमा पाइने स्थलसम्म यहाँ रहेको भन्दै त्यसको प्रचारप्रसार गर्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने पनि बताउनुभयो । ‘आफुसँग भएको साधन स्रोतलाई परिचालन गरेर अझ राम्रो गर्न पर्यटन वर्ष प्रारम्भ गर्नुभएको छ । मलाई विश्वास छ,तपाईंहरुको प्रयासले सफलता चुम्नेछ । कोशी प्रदेशले प्रारम्भ गरेको पर्यटन वर्ष अरु प्रदेशका लागि पनि नमूनाका रुपमा रहनेछ । अरु प्रदेशलाई पनि पर्यटनका गतिविधि गर्न मार्गदर्शन गर्नेछ । ’ उपप्रधानमन्त्री सिंहले पर्यटकीय क्षेत्रमा सडकलगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने पनि बताउनुभयो । उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट पनि पर्यटन वर्षलाई दिनुभएको शुभकामना सन्देश पनि सुनाउनुभएको थियो ।

‘जनतालाई केन्द्रविन्दुमा राखेर । जनताको आवश्यक्ताहरु पूर्ति गर्नका लागि र आम नेपाली जनताको जीवन र जिविकोपार्जन सहज गर्नका लागि त्यसैमा केन्द्रित भएर काम गरिररहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ केही कमिकमजोरी भएको होला, राम्रा कामहरु पनि हामीले गरेका छौं । ०४६ साल अगाडी र पछाडीको नागरिकको जिवनस्तर तुलना गर्यो भने उल्लेख्य सुधार भएको छ । कसैले केही भएको छैन भनेर दुष्प्रचार गर्छ भने भएका विकास निर्माणका कामहरुबारे तपाई हामीले भन्नैपर्छ ।’

त्यस्तै, उहाँले अहिलेको सरकारले जनतालाई केनद्रमा राखेर काम गरिरहेको पनि बताउनुभयो । राजनीतिक स्थिरताको जगमा जनतालाई केन्द्रमा राखेर प्रगतिपथमा अघि बढ्न सरकारले काम थालनी गरिसकेको भन्दै उपप्रधानमन्त्री सिंहले आउने दिनमा यसले तिव्रता आउने दाबी गर्नुभयो । शहरी विकास मन्त्रालयले शहरहरुलाई केन्द्रविन्दुमा राखेर काम गरिररहेको भन्दै उहाँले नेपालका नगरहरुलाई अझ व्यवस्थित, सुन्दर र सुविधसा सम्पन्न बनाउने काम अघि बढेको जानकारी गराउनुभयो । कार्यक्रममा वनमन्त्री ऐनबहादुर शाही, तेर्‍हथुमकै प्रतिनिधिसभा सांसद सिता गुरुंग पनि सहभागि हुनुहुन्थ्यो ।

प्रकाशित मिति : 18:04