१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

रविन्द्र मिश्र र धवललाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उहाँहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ । यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप १५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : April 8, 2025 at 4:37 pm