२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

तीनकुने घटनामा धादिङका दिवससहित थप ६ जना पक्राउ

२६ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा थप ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाही घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, धरान घर भई काठमाडौं बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारू, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन्।

पक्राउ परेका ६ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। योसँगै पक्राउ पर्नेको संख्या ७३ जना पुगेको छ।

प्रकाशित मिति : April 8, 2025 at 11:30 am