१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

छुट्ला है ! विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

२६ चैत, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज चैत २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो  ।

लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

चैत २५ गते साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ९१ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन्। हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : April 8, 2025 at 9:21 am