१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

किन भएन स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्सको कारोबार ?

२५ चैत, काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार भएन। आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनपर्ने थियो। तर कारोबार म्याचिङ्ग नभएका कारण कम्पनीको पहिलो कारोबार हुन नसकेको हो ।

कम्पनीको शेयर गत चैत २१ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। अब कम्पनीको पहिलो कारोबार भोली अर्थात मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।

प्रकाशित मिति : April 7, 2025 at 11:21 am