२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न प्रशासनले दिएन अनुमति, अब बल्खुमा हुने

२५ चैत, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खुमा आमसभा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले  राप्रपालाई बल्खु वा सिफल चौरमा कार्यक्रम गर्न भनेको थियो। सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयाे ।

प्रकाशित मिति : April 7, 2025 at 11:09 am