५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

२१ चैत, काठमाडाैं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो।  ‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्, ‘ विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।’ विज्ञप्तिमा भनिएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् ।

हेर्नुहोस् शिक्षा मन्त्रालयको विज्ञप्ति : 

प्रकाशित मिति : April 3, 2025 at 1:32 pm