५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेप्सेमा नेपाल माइक्रो रिइन्स्योरेन्सको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा यस दिन नेपाल माइक्रो रिइन्स्योरेन्स लिमिटेडको आईपीओ सूचिकृत भएको हो । कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

प्रकाशित मिति : April 3, 2025 at 1:09 pm