७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पाँच माग राख्दै राप्रपाले कार्यवाहक प्रधानमन्त्री सिंहलाई बुझायो ध्यानाकर्षण पत्र

२१ चैत, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेर ध्यानाकर्षण पत्र बुझाएको छ।

यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन्। साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ।

यस्तो छ राप्रपाले बुझाएको ध्यानाकर्षण पत्र:

प्रकाशित मिति : April 3, 2025 at 1:04 pm