१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

छुट्ला है ! विन नेपाल लघुवित्तको एफपीओमा भोलिदेखि आवेदन दिन सकिने

२० चैत, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा भोलि चैत २१ गते बिहीबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँबराबरकोको ५१ हजार २९२।५ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : April 2, 2025 at 11:46 am