१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

चैत २८ गतेदेखि आईपीओ निष्कासन गर्दै पियोर इनर्जी

१८ चैत, काठमाडाैं । पियोर इनर्जी लिमिटेडले यही चैत २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : March 31, 2025 at 9:08 am