७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी

१३ चैत, काठमाडौं । सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेकाे छ ।बैठकमा समसामयिक राजनीतिको विषयमा छलफल भइरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएकाे छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीषर्ए नेताहरू उपस्थित छन् । साथै, बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि सहभागि रहेका छन् ।

प्रकाशित मिति : March 26, 2025 at 12:21 pm