१६ चैत्र २०८१, शनिबार | Sun Mar 30 2025

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१३ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १०:४६