१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

निरन्तर घट्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

१२ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएकाे छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटेको छ । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यो सँगै चाँदीको भाउ लगातार दुईदिन स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १०:५३