१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

११ चैत, काठमाडाैं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताउनुभएको छ ।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उहाँले विमानस्थलमा बताउनुभयो ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

तस्बिरः एपी

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।

प्रकाशित मिति : March 24, 2025 at 12:32 pm